एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो ।
‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो । तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो ।
बिहान सबा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विट अकाउन्ट ह्याक भएको जनाउदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो ।