बार्सिलोनाका पूर्व स्ट्राइकर इटोलाई कर छलीको आरोपमा २२ महिना जेल


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
बार्सिलोनाका पूर्व स्ट्राइकर इटोलाई कर छलीको आरोपमा २२ महिना जेल
 एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्ट्राइकर स्यामुएल इटोलाई २००६ देखि २००९ सम्म तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको अर्थात् कर छली गरेको आरोप लागेको छ। उनले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउण्ड कर छली गरेको पनि स्वीकार गरेका छन् ।

स्पेनको सिउडाड डे ला जस्टिसिया अदालतले कर छलीको आरोपमा उनलाई २२ महिनाको जेल सजाय गरेको छ।

तर स्पेनको कानुन अनुसार हिंसात्मकबाहेकका २ बर्ष भन्दा कम जेल सजायका अभियुक्तले जेलमा बस्नु पर्दैन त्यसैले उनले जेल भने बस्नु नपर्ने भएको छ । उनलाई १.५५ मिलियन पाउण्ड जरिवाना तोकेको छ ।।