फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी, एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी, एक जनाको मृत्यु
एजेन्सी । फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी भएको छ। उक्त डुंगाबाट उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।

१५७ यात्रु र आठ चालकदलसहितको मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा सवार गर्दै  थियो । 

उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन् । क्षमताभन्दा बढी यात्रु बोक्दा फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् ।