इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु
एजेन्सी । उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा ६ जनाको ज्यान गएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।

सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो । यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मार्मोलाडाको शिखरमा तापमान लगभग १० डिग्री सेल्सियस (५० डिग्री फरेनहाइट) थियो। सामान्यतया आल्प्सको अग्ला चुचुराहरूमा तापक्रम वर्षैभरि ० डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कमी रहन्छ।

इटालीको नहर शहर क्षेत्र भेनेटोमा नागरिक सुरक्षाका क्षेत्रीय काउन्सिलर जियानपाओलो बोटासिनका अनुसार, मृतक र बेपत्ता भएका भनिएका बाहेक कम्तीमा पनि आठ जना घाइते भएका छन् जसमा एकको अवस्था भने गम्भीर छ।

समुन्द्र सतहबाट मारमोलाडाको चुचुरो  ३,३४३ मिटर (लगभग ११,००० फीट) उचाइमा छ ।

उक्त दुर्घटना दिउँसो १-४५ बजे भएको थियो । हिमनदीमा रहेको आइस शेल्फ भत्किदा हिउँ, बरफ र चट्टानको पहिरोले पर्वतारोही र पदयात्रीहरूको थुप्रै समूहलाई घेरेको थियो । 

घाइतेहरूलाई शहरका नजिकैका अस्पतालहरूमा लगिएको छ । उद्धारकर्ताहरूले हेलिकप्टर, शिकारी कुकुरहरू र अत्याधुनिक ग्लोबल पोजिसनिङ प्रविधिहरू प्रयोग गरेका थिए ।