खेलाडीमाथि दुर्व्यवहार गर्नेको पहिचान गर्दै फिफा


खबरस्टोरी संवाददाता
५ असार २०७९, आईतवार
खेलाडीमाथि दुर्व्यवहार गर्नेको पहिचान गर्दै फिफा
एजेन्सी। फिफाले सामाजिक संजालमार्फत खेलाडीमाथि  दुर्व्यवहार गर्ने व्यक्तिहरुको पहिचान गर्न थालेको छ । फिफाले खेलाडीहरुको युनियन फिफ्प्रोसँग मिलेर खेलाडीहरूलाई लक्षित गरि अपमानजनक पोस्ट गर्नेहरुको खोजि गर्न थालेको हो ।

युरोकप २०२० को फाइनल र सेमिफाइनल तथा अफ्रीका कप अफ नेसन्सको समयमा गरिएका ४ लाख बढी सामाजिक संजालका पोस्टहरु अध्ययन गरिएको जसमध्ये ५० प्रतिशत भन्दा बढी खेलाडीहरु कुनै न कुनै प्रकारले दुर्व्यवहारको शिकार बनेको पाईएको छ।

युरोकपको फाइनलमा पेनाल्टीमा चुकेका काला जतिका खेलाडीलाई सबैभन्दा बढी दुर्व्यवहार भएको पाईएको छ ।