लुहान्स्क क्षेत्रको बाँकी शहर लिसिचान्स्क पनि रुसले कब्जा गर्दै


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
लुहान्स्क क्षेत्रको बाँकी शहर लिसिचान्स्क पनि रुसले कब्जा गर्दै
एजेन्सी। लुहान्स्क क्षेत्रको एक मात्र बाँकी शहर लिसिचान्स्क पनि रुसी सेनाले नियन्त्रण गर्न सक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले स्वीकारेका छन् । 

राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले  रूसी सेनाहरूले अन्ततः सिभरस्की दोनेत्स्क नदी पार गरिसकेका र उत्तरबाट लिसिचान्स्कमा पुगेका छन् ।

यसैबीच, रुसको बेलगोरोड सहरमा भएका विभिन्न विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।