मणिपुर पहिरोमा अझै २० जना बेपत्ता


खबरस्टोरी संवाददाता
२० असार २०७९, सोमबार
मणिपुर पहिरोमा अझै २० जना बेपत्ता
एजेन्सी। भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरोमा परी हराइरहेका २० जनाको खोजतलास भइरहेको छ । बुधबार रेलवे निर्माणस्थलमा खसेको पहिरोमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  अधिकांश मजदुर र भारतीय सेनाको स्वयंसेवी दलका सदस्य छन्  । भारी वर्षाले उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।