सुडानमा २० वर्षीय युवतीलाई मृत्युदण्ड सजाय !


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
सुडानमा २० वर्षीय युवतीलाई मृत्युदण्ड सजाय !
एजेन्सी। सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।  

सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गरेको थियो । 

पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको  र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।

युगान्डामा रहेको अफ्रिकी सेन्टर फर जस्टिस एण्ड पिस स्टडीज (एसीजेपीएस)ले तिराबलाई तत्काल र बिना शर्त रिहाइ गर्न आह्वान गरेको छ ।