श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुर जाने तयारीमा


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुर जाने तयारीमा
कोलम्बो । चरम आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुर जाने तयारीमा रहेका छन् । राष्ट्रपति राजापाक्षेले बुधबार विहानै सैनिक जहाज चढेर देश छाडी भागेका थिए । राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले जनाएको छ । सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ । 

राजापाक्षे, उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यु ४३७ मा सिंगापुर जाने अनुमान गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको सो पत्रिकाले जनाएको छ । 

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । (एजेन्सी)