श्रीलंकाका राष्ट्रपतिले राजीनामा दिए


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
श्रीलंकाका राष्ट्रपतिले राजीनामा दिए
एजेन्सी। श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले राजीनामा दिएका छन्। उक्त राजीनामा सोमबार भोलिदेखि लागू हुने गरी उनले हस्ताक्षर गरेका हुन्

श्रीलंकाका सञ्चारमाध्यमका अनुसार राजापाक्षेको राजीनामा १३ जुलाई भोलि मात्र सार्वजनिक घोषणा हुनेछ।

उनले संसद्‌बाट भोलि गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन्।

सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन्।