चर्चित फुटबलका (एजेन्ट )मिनो रायोलाको निधन


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
चर्चित फुटबलका (एजेन्ट  )मिनो रायोलाको निधन
काठमाडौँ । लामो समयदेखि उपचाररत चर्चित फुटबलका  (सुपर एजेन्ट  )मिनो रायोलाको निधन भएको छ। ५४ वर्षको उमेरमा रायोलाको निधन भएको उनको परिवारले शनिवार घोषणा गरेको हो।

इटालीको मिलानस्थित सन राफेल्ला अस्पतालमा उपचाररत रायोलाको के कारणले मृत्यु भयो भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन। उनी केही समयदेखि अस्वस्थ्य रहेको बताइएको छ।

फुटबलकै सबैभन्दा शक्तिशाली ‘एजेन्ट’मध्ये एक उनको हाइप्रोफाइल क्लाइन्टमा जलतान इब्राहिमोभिक, पउल पोगबा, इरिङ हल्लान्ड लगायत थिए। उनले धेरै खेलाडीहरुको उत्कृष्ट पोर्टफोलिया तयार गरि उनीहरुलाई फुटबलमा स्थापित बनाउन सहयोग गरेका थिए।