जिम्बावे 'ए' लाई नेपालले दियो १३६ रनको लक्ष्य


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
जिम्बावे 'ए' लाई नेपालले  दियो १३६ रनको लक्ष्य
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे‘ए’' सँग १३७ रनमा समेटिएको छ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  ३१.३ ओभरमा १३६ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए।  केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसिफ र आरिफ शेख समान ५-५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे। 

सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ।