क्यानडा भ्रमणका लागि क्रिकेट टोली घोषणा


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
क्यानडा भ्रमणका लागि क्रिकेट टोली घोषणा
 काठमाडौँ।  क्यानडासंग अर्को सातामा हुने एकदिवसीय श्रृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) घोषणा गरिएको छ।  

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको नेतृत्वमा राष्ट्रिय टोली घोषणा गरेको हो। यस खेलमा युवा क्रिकेटर रोहित पौडेल उपकप्तान रहेका छन्।

त्यस्तै, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी टोलीमा परेका छन्।