वर्षाले खेलमा प्रभवित पारे पछि सेमिफाइनलबाटै बाहिरियो नेपाल


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
वर्षाले खेलमा प्रभवित पारे पछि सेमिफाइनलबाटै बाहिरियो नेपाल
काठमाडौँ। एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षाका कारण यूएईविरुद्धको खेल रद्द भएपछि नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ । अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन् । समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो । नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको हो ।