आजबाट दैनिक ११ घण्टा तानसेन - तम्घास सडकखण्ड बन्द हुने


खबरस्टोरी संवाददाता
८ मंसिर २०७८, बुधबार
आजबाट दैनिक  ११ घण्टा तानसेन - तम्घास सडकखण्ड बन्द हुने

बुटवल। आज (बुधबार)देखि तानसेन–तम्घास सडकखण्ड देखि दैनिक ११ घण्टा बन्द हुने भएको छ।

तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने काम भइरहेकाले आगामी २२ गते बुधबारसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।  कार्यालय प्रमुख रामेश्वर लम्सालले उक्त सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जानकारी दिए।  उनका अनुसार अत्यावश्यक बाहेकका अन्य सवारीसाधनलाई  भने रोक लगाइएको छ ।