आजदेखि बढ्यो इन्धनको मूल्य (सूचिसहित)


खबरस्टोरी संवाददाता
१३ कार्तिक २०७८, शनिबार
आजदेखि बढ्यो इन्धनको मूल्य  (सूचिसहित)

काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शनिवारबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्यासदेखि सबै इन्धनको मूल्य बढाएको हो । 

नेपाल आयल निगमलाई घाटा रहेको जनाउँदै खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाइएको छ । पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बृद्धि गरिएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ५० रुपैयाँ बढाइएको छ । 

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।