काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले कोभिड संक्रमणको त्रासकै बीच अब देशमा ‘लकडाउन’ नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले कोरोना महामारीको अर्को लहर चलेसँगै भीडभाडमा कडाइ गरे पनि सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन्।
मन्त्री शर्माले सुरक्षित हुने उपाय अवलम्बन गरिए पनि लकडाउन नगरिने दाबी गरे। यसैबीच, मन्त्री शर्माले आयात थप रोक्ने नीति थप ल्याउने तयारी गरिरहेको बताएका छन्।