अदालतको काम कारवाही अविलम्ब सुचारु गर्न चिकित्सक संघको माघ


खबरस्टोरी संवाददाता
२९ कार्तिक २०७८, सोमबार
अदालतको काम कारवाही अविलम्ब सुचारु गर्न चिकित्सक संघको माघ

काठमाडौँ।  नेपाल चिकित्सक संघले सर्वोच्च अदालतको कामकारवाही सुचारु गर्न माग गर्दै सोमवार एक विज्ञप्ति जारि गरेको छ । 

विज्ञप्ति मार्फत  कानूनी राज्य र विधिको शासन लागू गर्ने अदालतको गरिमा जोगाउन सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरेर समस्याको यथाशीघ्र समाधान निकालेर अदालत सुचारु गराउन भनि माग गरिएको छ । 

‘नेपालको इतिहासमा न्यामूर्तिको रुपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद भाई देशभरका सम्पूर्ण कानून व्यवसायीहरू आन्दोलित भइरहेका छन्, जसका कारण कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्‍याएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ।