हेटौडा । जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहररुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।२३९२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । तर, तत्कालिन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिविना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनियताको सपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै सपथ भएको हो ।