काठमाडौँ। काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा शुरु भएको छ। उच्च पहाडी भागमा भने हिमपात शुरु भएको छ। बुधवार बिहानबाट चन्द्रगिरीमा हिउँ पर्न शुरु भएको छ। बिहानैदेखि परेको हिउँका कारण चन्द्रागिरि क्षेत्र सेताम्य भएको छ ।
काठमाडौं वरपरका डाँडामा पनि हल्का हिमपात हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ।
हरेक वर्ष चन्द्रगिरिलगायत काठमाडौं वरपरका डाँडमा हिमपात भएसँग मानिसहरु हिउँ खेल्न पुग्ने गर्छन्।