एमाले अध्यक्ष ओली अस्वस्थ


खबरस्टोरी संवाददाता
२३ मंसिर २०७८, बिहीबार
एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनि रुखाघोकीसहित ज्वरो आएपछि बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । 

प्रेस चौतारी नेपालले आज (बिहीबार) ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम गर्ने भनेका थिए । तर अस्वस्थका कारण उनि कार्यक्रममा उपस्थित हुन सकेनन् ।