काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।
त्यस्तै ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।