चितवन। नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् चितवन जिल्ला ईन्चार्ज देवी प्रसाद ज्ञवालीलाई पितृ शोक परेको छ।
ज्ञवालीका १०० वर्षीय पिता बालकृष्ण ज्ञवालीको आफ्नै निवास भरतपुर महानगरपालिका वडा नम्बर ४ , लक्ष्मीपुरमा निधन भएकोहो । उनि लामो समयदेखि बिरामी परेको उनका कान्छा छोरा विष्णु ज्ञवालीले जानकारी दिए। मृतक ज्ञवालीको तीन छोरा र दुई छोरी छन्।
उनको अन्तिम संस्कार आज मध्यान्ह १२ बजे शिवघाटमा हुने कान्छो छोरा विष्णु ज्ञवालीले जानकारी दिए।