एमसीसी खारेजीको माग गर्दै संसद भवन नजिक प्रदर्शन, प्रहरीद्वारा बल प्रयोग


खबरस्टोरी संवाददाता
२८ मंसिर २०७८, मंगलवार
एमसीसी खारेजीको माग गर्दै संसद भवन नजिक प्रदर्शन, प्रहरीद्वारा बल प्रयोग

काठमाडौँ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरूले आज एमसिसीको विरोधमा बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका छन्। 

संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरुले संसद भवन नजिक नाराबाजी गरेका बेला  प्रहरीले बल प्रयोग गरेको छ ।