काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरूले आज एमसिसीको विरोधमा बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका छन्।
संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरुले संसद भवन नजिक नाराबाजी गरेका बेला प्रहरीले बल प्रयोग गरेको छ ।