एमसीसीको बिरोध गर्ने क्रममा बन्दकर्ता पक्राउ


खबरस्टोरी संवाददाता
२८ मंसिर २०७८, मंगलवार
एमसीसीको बिरोध गर्ने क्रममा बन्दकर्ता पक्राउ

नवलपरासी।  मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै चितवन बन्द गराउँदै हिडेका क्रान्तिकारी माओवादी १३ दलका नेता कार्यकर्तालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास , जिल्ला सेक्रेटरी अशोक शर्मा, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतम जिल्ला अधयष कृष्ण सुनारलगायत छन् ।

त्यस्तै विप्लव नेकपाका जिल्ला इन्चार्ज सन्देश पौडेल ,राजमोका जिल्ला अध्यक्ष डम्बर पुरी नेकपा मालेका नेता  ओम डल्लाकोटी लगायत एक दर्जन बढीलाई गिरफ्तार गरेको क्रान्तिकारी माओवादीका युवा नेता नारायण शर्मा बिपिनले जानकारी दिए ।

बन्दकर्ताहरुले नारायणगढमा एमसीसीविरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई तत्काल रिहाईको माग गर्दै प्रहरी प्रशासनविरुद्ध पनि नाराबाजी गरेका थिए । चितवनमा माधवकुमार नेतृत्वको नेकपा (एस ) क्रान्तिकारी माओवादी , विप्लव नेतृत्वको नेकपा ,राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले,  ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्च लगायतका १३ वटा दलको संयुक्त संर्घष समिति क्रियाशिल रहेको छ ।