ईंटा भट्टामा बालबालिका (तस्विरहरु)


खबरस्टोरी संवाददाता
१५ माघ २०७८, शनिबार
ईंटा भट्टामा बालबालिका (तस्विरहरु)

काठमाडौँ।  काठामाडौंको शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन् । 


यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन् । अनि काँचो इटाको झ्याउलीमा बस्छन् । 


भट्टाको जीवनशैली कष्टकर छ । ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना वालवालिकाहरु बाँचिरहेका छन् । 


ती वालवालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन् ।