क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति


खबरस्टोरी संवाददाता
२ पुष २०७८, शुक्रबार
क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बालुवाटारमा शुक्रवार भएको भेटमा प्रचण्डले नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान ज्ञानेन्द्र मल्लसहितका ४ खेलाडीमाथि गरेको कारवाहीबारे ध्यानाकर्षण गराएका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन पालना नगरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाउँदै सोमपाल कामी र बलर कमलसिंह ऐरीको ६ महिनाको तलब रोक्का गर्ने निर्णय बुधबार गरेको थियो। क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ ।