काठमाडौँ। नेपाल कानुन व्यावसायी परिषद्ले अधिवक्ता तहको लाइसेन्सको मौखिक परीक्षा स्थगित गरेको छ। परिषद्ले बढ्दो कोरोना संक्रमणणका कारण माघ १३ देखि १५ सम्मका लागि तोकिएको परिक्षा स्थगीत गरेको हो।
परिषद्ले सूचना निकालेर संक्रमण तीव्र रुपमा बढ्दै गएको सन्दर्भमा बिभिन्न जिल्लाहरुमा स्मार्ट लकडाउन जारी रहेको अवस्थामा परिक्षा सम्भव नभएकाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।