काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरी


खबरस्टोरी संवाददाता
२ पुष २०७८, शुक्रबार
काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरी

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् । उनी शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन। गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरेकाे थियाे ।