लकडाउनबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय


खबरस्टोरी संवाददाता
२० मंसिर २०७८, सोमबार
लकडाउनबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनबारे कुनै पनि निर्णय नभएको जनाएको छ । आज (सोमबार) नेपालमा  २ जनामा ओमिक्रोन पुष्टि भएपछी फेरि लकडाउन हुने अफवाह चारैतिर फैलिएको छ ।

झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक  मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए । 

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए ।