मन्त्रिपरिषद्को निर्णय : प्रहरीमा तीन पद थप्ने


खबरस्टोरी संवाददाता
१४ मंसिर २०७८, मंगलवार
मन्त्रिपरिषद्को निर्णय : प्रहरीमा तीन पद थप्ने

काठमाडौं । नेपाल प्रहरीमा तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि तीन वटा पद थपिएको छ । थपिएका तीन वटा पद वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार हुन् ।

तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली संशोधन गरेको हो । स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । योसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने हुनेछ ।