मौसममा कारण देशभरका आन्तरिक उडान प्रभावित


खबरस्टोरी संवाददाता
१४ पुष २०७८, बुधबार
मौसममा कारण देशभरका आन्तरिक उडान प्रभावित

काठमाडौँ। मङ्गलबार रातीबाट सुरु भएको  वर्षासँगै  मौसममा आएको परिवर्तन र कम भिजिविलिटीका कारण उडानहरु प्रभावित भएका छन् । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम प्रतिकुलताका कारण बुधबार विहान लुक्ला, भैरहवा, नेपालगञ्ज लगायतका गन्तब्यमा हुँदै आएका नियमित उडान प्रभावित भएका छन्।

बिहान बुध्द, यती, श्री, गुण, सौर्य, तारा, समिट, सिता लगायत वायुसेवा कम्पनीको नियमीत उडान नै प्रभावित भएको प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विहानैदेखि उडान प्रभावित भएपछि आज साँझसम्म चार घण्टासम्म उडान डिलेको सम्भावना रहेको उनले जानकारी दिए।