नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा योञ्जन


खबरस्टोरी संवाददाता
४ पुष २०७८, आईतवार
नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा योञ्जन

काठमाडाैँ । नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा सुवास योञ्जन चयन भएका छन् । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा संघको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जनका अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, प्रथम उपाध्यक्ष विश्वराज तामाङ, द्वितीय उपाध्यक्ष नेत्र तामाङ, महिला उपाध्यक्ष अञ्जु तामाङ, महासचिव तीर्थराज बल, सचिव शिशिर तामाङ, उर्गेन लो तामाङ र सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका छन् ।

यस्तै १८ जनालाई सदस्यमा चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो कार्यकालमा तामाङ पत्रकारको क्षमता र मुद्दालाई अझै उचाइमा पुर्याउने बताए ।