काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित भएसँगै उनको स्वास्थ्यस्थिती जटिल रहेकोले आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।
दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा उनको कारोना पोजेटिभ आएको बताइएको छ । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । संक्रमणपछि उनमा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।