काठमाडौँ। प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।
अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए।