प्रदर्शनका क्रममा अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
प्रदर्शनका क्रममा अखिल अध्यक्ष पराजुली पक्राउ, वाईसीएसल संयोजक देवकोटा घाइते

काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अखिलका अध्यक्ष सुदेश पराजुली पक्राउ परेका छन् । 

उनी नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । प्रदर्शनकै क्रममा माओवादी निकट युवा संगठन वाइसिएलका संयोजक सुमन देवकोटा भने घाइते भएका छन् ।

एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दलका निकट युवा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार प्रदर्शनको क्रममा उछृङ्खल गतिविधि गर्नेहरू पक्राउ परेका छन् ।]