प्रधानन्यायाधीश जबरा सर्वोच्चमा


खबरस्टोरी संवाददाता
१९ मंसिर २०७८, आईतवार
प्रधानन्यायाधीश जबरा सर्वोच्चमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि सर्वोच्च अदालत आएका छन् ।

प्रधानन्यायाधीश जबराको कोरोना परिक्षण गर्दा रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । 

कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए । 

त्यही बेला देखि सर्वोच्च अदालतमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको थियो ।