सिनामंगलको एक होटेलबाट ११ अफगानी नागरिक पक्राउ


खबरस्टोरी संवाददाता
८ कार्तिक २०७८, सोमबार
सिनामंगलको एक होटेलबाट ११ अफगानी नागरिक पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। 

सिनामंगलको एक होटेलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको  सिआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए। 'अहिले सोधपुछको क्रम चलेको छ। के गर्ने भन्ने टुंगो लाग्दै छ।’ प्रवक्ता महतले भने। 

अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि देश छोड्नेको संख्या बढेको छ। उनीहरू पनि त्यही क्रममा भारत हुँदै नेपाल प्रवेश गरेको देखिएको छ। उनीहरूको साथबाट भारतीय कागजात पनि प्रहरीले बरामद गरेको छ।