काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ ।
तर, सुनुवाइ सुरु हुन सकेको छैन । सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा ९ संयुक्त र २ एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।
सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा (कोभिड–१९) को सङ्क्रमणका कारण सोमबार अस्पताल भर्ना भएकामा आज घर फर्किएका छन् ।