काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउमा सोमबार सर्वोच्च बाहिर प्रदर्शन गरिएको छ । नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित समूहले आज पनि प्रदर्शन गरेको हो । जबराको बचाउका लागी सडकमा निस्किएको समूहले केही दिनयता सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दै आएको छ ।
बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएका थिए । यस क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो। यसैक्रममा ५० भन्दा बढी आन्दोलनकारी पक्राउ समेत परेका थिए ।