संसद बैठक सुरू लगतै एमालेको नाराबाजी


खबरस्टोरी संवाददाता
४ फाल्गुन २०७८, बुधबार
संसद बैठक सुरू लगतै एमालेको नाराबाजी

प्रतिनिधि सभाको बैठक प्रारम्भ हुदा लगतै एमाले सांसदहरूले नाराबी सुरू गरेका छन् ।सभामुख अग्नि प्रसाद सापकोटाले ‘आजको बैठक प्ररम्भ हुन्छ’ भने लगतै एमालेका सांसदहरूले संसदमा नाराबारजी सुरु गरेका हुन् ।

सभामुखले आफ्नो पार्टी फटाउन सहयोग गरेको भन्दै एमालेले यस अघि बसेका संसद बैठक अवरोध गर्नुको साथै सभामुखले बोलाएका सर्वदलिय बैठकहरू बहिष्कार गर्दै आएको छ ।