स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा बिडारी नियुक्त


खबरस्टोरी संवाददाता
१० पुष २०७८, शनिबार
स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा बिडारी नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । 

मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । 

त्यस्तै, पत्रकारिता तथा आमसञ्चार विषय विगत ५ वर्षदेख अध्यापनसमेत गर्दै आइरहेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन् ।