काठमाडौँ। आज (बुधवार)देखी महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु –पे’को ‘किअस्क’ मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका हुन्।
महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो। पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र QR Payment बाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन्।