आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन प्रस्तुत


खबरस्टोरी संवाददाता
१२ पुष २०७८, सोमबार
आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन प्रस्तुत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज विहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् । चार खण्डमा प्रस्तुत गरिएको दस्तावेज प्रचण्डले भण्डै १ घण्टा ३५ मिनेट लगाएर वाचन गरेका थिए। 

आजै स्थायी समिति सदस्य क. देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन्  । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।