'अब हामी जनअदालत चलाउँछौं'


खबरस्टोरी संवाददाता
७ फाल्गुन २०७८, शनिबार
'अब हामी जनअदालत चलाउँछौं'

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए । 

शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए । न्युज कारखाना