अमेरिका भ्रमणबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
अमेरिका भ्रमणबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो
काठमाडौँ। संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको विषयमा जानकारी लिनको लागि अन्तराष्ट्रिय सम्बन्ध समितिले देउवालाई बोलाउने निर्णय गरेको हो । 

समितिको बैठकले असार ५ गते प्रधानमन्त्रीलाई बोलाउने र त्यस अघि परराष्ट्रमन्त्री डा. नारायण खड्का संग छलफल गर्ने निर्णय भएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । 

समितिमा उपस्थिति हुनको लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवैलाई पत्राचार गरिएको जानकारी गराइएको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदनमा समेत भ्रमणको विषयमा जानकारी गराउनु पर्ने माग राख्दै आएको छ ।