अनुशासनहिन र गुण्डागर्दी गरेको भन्दै अन्सारी माओवादीबाट निश्कासित


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
अनुशासनहिन र गुण्डागर्दी गरेको भन्दै अन्सारी माओवादीबाट निश्कासित
वीरगञ्ज । नेकपा माओवादी केन्द्रको पर्सास्थित वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबार अन्सारी पार्टीबाट निश्कासित भएका छन् । पार्टी अनुशासनहीन र गुण्डागर्दी गरेको भन्दै माओवादी केन्द्र जिल्ला कमिटी पर्साले अन्सारीलाई कारबाही गरेको हो । 

नगर अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारी पनि पार्टी कारबाहीमा परेका छन् । नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई कारबाही गरेको जानकारी दिएका हुन् ।

उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्माद्दिन अन्सारीलाई पनि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । 

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गर्नुका साथै विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गरेको उनीहरुमाथि आरोप लगाइएको छ । 

विज्ञप्ति