काठमाडौं । पछिल्लो नेपाली राजनीतिमा चर्चित अनुहारका तीन पात्र रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एकै ठाउँमा मिसिएका छन् ।
निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति गर्दै बालेन शाह रास्वपा प्रवेश गरेका थिए भने सोमवार कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा एकता भएको हो । एकतासम्बन्धी छलफल कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भएको थियो । छलफलमा रास्वपा सभापति लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए ।
वार्तामा समसामयिक राजनीति, वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता, सुशासन, पारदर्शिता र नागरिक केन्द्रित राजनीतिको विषयमा छलफल भएको थियो ।
कुलमान दोस्रो बरियतामा, बालेन तेस्रो
राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् ।
कुलमानले उपसभापतिसहित दोस्रो वरीयता पाएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तेस्रो बरियतामा धकेलिएका छन् ।