अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
अर्थमन्त्री शर्माद्वारा बजेट वाचन सुरु
काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् ।