अर्थमन्त्री शर्माविरुद्धको ११ सदस्यीय छानबिन समितिमा को को (नामावली)


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
अर्थमन्त्री शर्माविरुद्धको ११ सदस्यीय छानबिन समितिमा को को (नामावली)
काठमाडौँ।  गत जेठ १४ गते आगामी आर्थिक बर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ।

नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना सदस्य र जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना सदस्य रहने गरी ११ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितीमा को को 

संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।